बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम : भलवाडमा इकाई प्रहरी

कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको २०७८÷७९ को लागि तीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आज गरिएको कार्यक्रममा दुई महत्वपुर्ण नीति नगरले ल्याएको छ ।
नगरपालिकाले वडा नम्बर ९ भलवाडमा नेपाल प्रहरीको इकाई स्थापना गर्ने र पिपरामा रहेको सशस्त्र क्याम्प सार्ने नीति आज सार्वजनिक गरेको छ । आज नगरको नवौँ नगरसभाबाट पारित गरिएको आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रममा उक्त निती समावेश गरिएको छ ।

नगरबासीमा शान्ति सुरक्षाको शान्ति सूरक्षा तथा जिउधनको रक्षा गर्ने उद्धेश्यका साथ १३८ बुँदे नीति र कार्यक्रमको १३३ नम्बर बुँदामा ‘वडा नम्बर ९ को भलवाडमा नेपाल प्रहरी इकाई स्थापना र बाणगंगा पुलको पूर्व–उत्तर क्षेत्रमा सशस्त्र प्रहरी बल सुरक्षा वेस पिपरालाई स्थानान्तरणको लागि आवश्यक पहल गरिने कुरा उल्लेख गरिएको छ ।

साथै नगरले नगर प्रहरी पनि परिचालित गरी नगरबासीमा शान्ति सुरक्षा प्रदान गर्ने नीति लिएको छ ।

वाणगंगा नगरपालिका ९ मा भने पटक–पटक इकाइृ प्रहरीको माग गरिएको थियो ।

प्रतिक्रिया