

असार २५ गतेसम्म कर बुझाउन सरकारको निर्देशन, २५ गतेपछि थप जरिबाना लाग्ने



काठमाण्डाै
सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।
विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।



खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया