

रोनाल्डोले जब हटाइदिए कोका–कोलाको बोत्तल



काठमाण्डाै
पोर्चुगलको फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले हङ्गेरीसँगको खेलअघि गरेको व्यवहारले यतिखेर चर्चा पाएको छ ।
खेलअघिकाे पत्रकार सम्मेलनमा रोनाल्डोको अगाडि कोल्ड ड्रिङ्क बनाउने कम्पनी कोका–कोलाकाे दुई वटा बोत्तल राखिएको थियो । तर रोनाल्डोले कोका–कोलाको दुई वटै बोत्तल हटाइदिए । यतिमात्र नभइ उनले नजिकैको पानीको बोत्तललाई पहिले कोका–कोलाको बोत्तल राखिएको ठाउँमा राखिदिए । सफ्ट ड्रिङ्कको सट्टा पानीको प्रयोग गर्नुपर्ने रोनाल्डोले सङ्केत गरेका थिए ।
खासमा कोका–कोला युरो कपको प्रायोजकमध्ये एक कम्पनी हो । रोनाल्डोले कोका–कोलाको बोत्तल हटाउँदा कम्पनीकाे शेयर मूल्य घटेपछि चार बिलियन डलर घाटा बेहोर्नुपरेको बताइएको छ । कम्पनीको बजार मूल्य दुई सय ४२ बिलियन डलरबाट दुई सय ३८ बिलियन डलरमा झरेको बताइएको छ ।
हिजाे नै भएकाे युराे कपकाे दाेस्राे खेलअघिकाे पत्रकार सम्मेलनमा फ्रान्सका खेलाडी पावल पाेग्वाले आफ्नाे अघि राखेकाे हेनकेन रक्सीकाे बाेत्तल हटाइदिएका थिए ।
रोनाल्डो आफ्नो स्वास्थ्यप्रति निकै सजग रहन्छन् र आफ्नो छोरालाई पनि पेय पदार्थबाट टाढा राख्ने प्रयास गरिरहेको उनले बताउँदै आएका छन् ।
हिजो भएको खेलमा हङ्गेरीलाई पोर्चुगलले तीन–शून्यले हराउँदा रोनाल्डोले दुई गोल गरेका थिए । त्यो गोलसँगै रोनाल्डो युरो कप इतिहासकै सबैभन्दा धेरै ११ गोल गर्ने खेलाडी बनेका छन् । यस्तै उनी पाँच पटक युरो कप खेल्ने खेलाडी पनि बनेका छन् ।
अन्तिम अपडेट: असार २, २०७८


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया