

उद्धार कार्यमा कार्यकर्तालाई परिचालित हुन प्रचण्ड निर्देशन



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।
सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई पनि टेलिफोन गरी नदी कटान रोक्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न भनेका थिए । सापकोटाले भने, ‘चितवन लगायतका जिल्लाहरुमा बाढीबाट हुने कटान र डुबानको लागि बजेटको प्रवन्ध गर्न अर्थमन्त्रीलाई भन्नु भएको छ । अर्थमन्त्रीले पनि हुन्छ भन्नु भएको छ ।’
केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया