

यूरो २०२० : पहिलो खेलमै रोनाल्डोको दुई कीर्तिमान

एजेन्सी
यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।
पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।
त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् । सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए । त्यसयता उनले २००८, २०१२ र २०१६ को यूरो कपमा पनि भाग लिएका थिए । उनले सबै संस्करणमा गोल पनि गरेका छन् ।

रोनाल्डोले मात्र हाेइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ । पाोर्चुगलले खेलको ८४, ८७ र ९०+२ मिनेटमा गोल गरेको थियो । यूराेमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल पहिलो टोली बनेको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया