

कपिलवस्तुको बाणगंगाका किसान चैते धान फलाउँदै



राजेन्द्र खनाल
कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालकिामा गरिएको चैते धानको उत्पादन यस वर्ष राम्रो हुने संकेत देखिएको छ । बाणंगंगाका तीन स्थानमा अहिले चैते धान खेति गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना मार्फत बाणगंगाको वडा नम्बर २,३ र ८ मा चैते धानको खेति गरिएको परियोजनाका कृषि अधिकृत रामथान पाण्डेले बताउनुभयो ।गत वर्ष भन्दा यस वर्ष धानको उत्पाद राम्रो रहेको पनि पाण्डेको भनाई छ । बाणगंगा नगरपालिकाको वडा नम्बर २ स्थित चम्किपुरमा १ हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धान लगाइएको छ भने वडा नम्बर ३ मा पनि १ हेक्टर क्षेत्रफलमै धान रोपिएको छ । यस्तै वडा नम्बर ८ स्थित मोर्मीमा झण्डै १० कठ्ठा क्षेत्रफलमा चैते धान रोपिएको कृषि अधिकृत पाण्डेले जानकारी दिनुभयो ।
किसानहरुलाई प्रधामन्त्री कृषि आधुनिकिरण परियोजना मार्फत हर्दिनाथ र चैते पाँच जातको धानको विउ उपलब्ध गराइएको थियो ।
बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित गांैरी शंकर आइबिएम कृषक समूह अन्र्तगत रोपिएको चैते धान राम्रो रहेको किसानले बताएका छन् । कृषक नोखिया थारुका अनुसार मौसमले साथ दिएमा अबको एक दुई हप्तामा धान काट्ने तयारी गरिएको छ । पाँच जना किसानले मिलेर १ हेक्टर क्षेत्रफलमा धान रोपिएको नोखिया थारुले बताउनुभएको छ ।
यस्तै यता एकिकृत कृषि फारम बाणगंगा ८ मोर्मीका किसानले पनि सोही जातको धान खेति गरिरहेका छन् भने वडा नम्बर ३ ठाँटीमा पनि चैते धानको खेती गरिएको छ । वडा नम्बर ३ मा मायादेवी कृषक आमा समूहमा आबद्ध किसानहरुले चैते धानको खेति गरेका हुन । उनीहरुको धानको उत्पादन पनि राम्रो रहेकोमा किसानहरु उत्साहित छन् । वडा नम्बर ८ स्थित मोर्मीका किसान दुर्गाँ सिँह थापाले धान खेती राम्रो रहेको बताउनुभयो । धान भित्राउने समयमा पानी नपरे उत्पादन राम्रो हुने उहाँको भनाई छ ।
प्र्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सूपर जोन कार्यक्रम अन्र्तगत चैते धान उत्पादन सुधारका लागि केही वर्ष यता कपिलवस्तुको बाणगंगामा चैते धान रोपिदैँ आएको छ । गत वर्ष बाणगंगाको वडा नम्बर ९, ८ लगाएतका वडामा यो धान रोपिएको थियो । प्रयाप्त सिँचाईको सूविधा पुगेका स्थानमा चैते धानको उत्पादन राम्रो हुने गरेको कृषि अधिकृत पाण्डेले बताउनुभयो । तर यो धान खेतिका लागि अझै पनि किसानहरु उत्साहित हुन नसक्दा भने चैते धान खेती बाणगंगामा सोचे अनुसार जान नसकेको पनि उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया