

गाडीको ठक्करबाट कपिलवस्तुमा प्रहरी जवानको मृत्यु



राधा पाण्डे
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ भेलाइमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । गोरुसिङ्गे अर्घाखाँची सडकखण्डको भेलाइमा गोरुसिङ्गे देखि अर्घाखाँची जादै गरेको लु २३ प १९३६ नम्बरको मोटरसाइकल र अर्घाखाँची देखि गोरुसिङ्गे तर्फ आउदै गरेको लु ३ च १५ १९ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किदा मोटरसाइकल चालक अर्घाखाँची सितगङगा नगरपालिका वडा नम्बर १२ सिमलपानीका ३२ वर्षका रामु बिसिको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जानकारी दिएको छ ।
अहिले गाडी र गाडी चालक प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । मृतकको शब अहिले पोस्टमार्टमको लागि तैलिहवा पठाइएको प्रहरीले बताएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया