

लुम्बिनी प्रदेश सरकार : ३८ अर्ब बराबरको बजेट आज सार्वजनिक गर्दै



काठमाडौं
लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् ।
यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट १ महिना अघि भौतिक योजना मन्त्रालयबाट परिवर्तन भएर आर्थिक मामिला मन्त्री बनेका बैजनाथ चौधरीले ३८ अर्बको हाराहारीमा बजेट आउने छन् ।
चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएकोमा अहिले यो वर्ष २ अर्बको हाराहारीमा बजेटको आकार बृद्धि हुने अनुमान गरीएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए ।
संघीय सरकारको अनुदानमा केहि बृद्धि भएकाले पनि बजेटको आकार बृद्धि भएको उनको भनाई रहेको छ । प्रदेश सरकारले निति तथा कार्यक्रमा अनुसार नै कोरोना महामारी नियन्त्रणका लागि उपचार, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले जनाएको छ।
मन्त्री बैजनाथ चौधरीले सरकारले पुराना र गौरवका आयोजनालाई सक्ने गरि बजेटको व्यवस्था गरिएको तर, नयाँ ठूला आयोजना भने नथपिएको मन्त्री चौधरीले बताए।
विगतदेखि नै कृषिलाई प्राथमिकतामा राखेको लुम्बिनीले यो पटक पनि प्राथमिकतामै राखेको हो । लुम्बिनीमा विपक्षी गठबन्धनले सरकारसँग बहुमत नभएको भन्दै निति तथा कार्यक्रम र बजेट ल्याउन नसक्ने बताएपनि प्रदेश सरकारले स्पष्ट बहुमत रहेको भन्दै निति तथा कार्यक्रम पनि पारित गरेको छ । भने आज बजेट पेस गर्ने छ । मन्त्री चौधरीले बजेट पनि ढुक्कले पारित हुने बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया