

कपिलवस्तुमा आजदेखि पाचौँ चरणको निषेधाज्ञा केहि खुकुलो



कपिलवस्तु
कोरोनाको दोस्रोले वैशाख २१ गतेदेखि जारी निशेधाज्ञा आज असार १ गतेदेखि केहि खुकुलो बनेको छ । पाचौँ पटक थप गरिएको निशेधाज्ञा असार ७ गतेसम्म जारी गरिएको हो ।
जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसीएमसीको जेष्ठ ३० गते बसेको वैठकले निशेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसंगै विहानैबट अरु दिन भन्दा आजदेखि बढी चहलपहल देखिएको छ । अन्य दिनका तुलनामा आज भने विहानैबाट नीजि सवारी धेरै चलेका छन् ।
आज देखि बैंक तथा बित्तिय संस्था पनि पूर्णरुपमा खुल्ने छन् । पसलहरु र बयापार ब्ययसाय भने खुले पनि प्रशासनले तोकेको समयमा बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म मात्र संचालन हुनेछन् ।
तोकिएको समयबाहेकको समयमा खुल्ने पसल र ब्यवसायीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।


प्रतिक्रिया