

कपिलवस्तुमा गठन भयो नेपाल नियमित रक्तदाता संघ, अध्यक्षमा घिमिरे चयन



हरि आचार्य
विश्व रक्तदाता दिवसको शुभ अवसर पारेर कपिलवस्तुमा रक्तदान कार्यलाई नियमित र ब्यवस्थित गर्नको लागि एक जिल्ला स्तरीय स्वयमेवी सस्था गठन गरिएको छ। नवगठित नेपाल नियमित रक्तदाता संघ कपिलवस्तुको सस्थापक समिति मानवअधिकार तथा शान्ति समाज कपिलवस्तुका सचीव माधव घिमिरेको अध्यक्षतामा गठन गरिएको हो ।
जसको उपाध्यक्षमा सुवास पाण्डे, सचिवमा ज्ञान हरि न्यौपाने, कोषाध्यक्षमा देवीलाल कडेंल, सह सचिवमा शान्ती क्षेत्री चयन भएको छन् भने सदस्यहरुमा शंकर भट्राई, विष्णु पन्थ, मिलन चालिसे, सबिन रनपाल, सीता मल्ल र मोहन बेल्बासे रहेका छन् ।

गठित जिल्ला स्तरीय स्वयंसेवी समितिका सम्पुर्ण पदाधिकारी एबम् सदस्यहरुलाइ शान्ति समाजका सभापति गोविन्द पोख्रेलले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै नवगठित समितिका अध्यक्ष घिमिरेले कपिलवस्तुमा रक्तदान जस्तो मानवीय कार्यलाई व्यबस्थित गर्ने र संस्थाको गरिमालाई उचो बनाउने प्रतिवद्धता व्यक्त गरे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया