

कपिलवस्तुमा निषेधाज्ञाबारे आज निर्णय लिइदैँ



कपिलवस्तु ।
कपिलवस्तुमा पाँचौं पटक थप गरिएको निशेधाज्ञा सकिन अब एक दिन मात्रै बाँकि रहँदा अब निषेधाज्ञाको स्वरुप कस्तो बनाउने भन्ने विषयमा आज निर्णय लिईदै छ ।
निषेधाज्ञाको पछिल्लो समयावधि सकिनै लागेको बेलामा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्लामा कोरोना संक्रमितको अवस्था हेरेर निषेधाज्ञाको स्वरुपमा परिवर्तन हुन सक्ने प्रतिक्रिया दिनुभएको छ ।
त्यसका लागि आज दिउसो जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बस्ने र बैठकबाट निर्णय गरीले प्रजिअ पाण्डेले बताउनुभयो । गृहमन्त्रालय, प्रदेश सरकार र छिमेकी जिल्लाहरुसँगको समन्वयमा लकडाउनबारे निर्णय गर्ने पाण्डेको भनाइ छ । प्रमूख जिल्ला अधिकारी पाण्डेले बैठकका लागि सम्पुर्ण पालिका प्रमुखहरुलाइ बोलाइएको र बृहत् छलफल पछि यसको टुंगो लाग्ने बताउनुभएको छ ।
जिल्लामा पछिल्लो निषेधाज्ञाको समय जेठ ३१ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमण नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया