

बेल्जियमले रसियालाई हरायो, दोहोरो गोल गरेका लुकाकुले आफ्नो प्रदर्शन समर्पण गरे इरिक्सनलाई

एजेन्सी
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमले रसियामाथि जित निकालेको छ। क्रेस्टोभेस्की स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा बेल्जियमले रसियामाथि ३-० को सहज जित निकालेको हो।
बेल्जियमले खेलको १० औं मिनेटमै रोमेलु लुकाकुको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै थोमस मेउनइरले ३४ औं मिनेटमा गोल थप्दा पहिलो हाफमै बेल्जियम दुई गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा लुकाकुले नै गोल थपे। उनले खेलको ८८ औं मिनेटमा मेउनइरको पासमा गोल गर्दा रसियाले गोल फर्काउन सकेन।
पहिलो गोलगरेपछि लुकाकुले फिनल्याण्डविरुद्धको खेलमा मैदानमा ढलेका उनका इन्टर मिलानका टिममेट क्रिस्टियन एरिक्सनलाई समर्पित गर्दै क्यामरा अघि गएर ‘क्रिस क्रिस आई लभ यू’ भन्दै चिच्याएका थिए।
खेलपछि प्रतिकृया दिँदै लुकाकुले भने: म धेरै डराएको थिएँ। हामीले एकसाथ धेरै समय बिताएका थियौं। खेल खेल्न पनि कठिन भइरहेको थियो। आशा छ। उ स्वस्थ छ र म आजको प्रदर्शन उसलाई डेडिकेट गर्न चाहन्छु।
जितसँगै ३ अंकसहित बेल्जियम समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै गएराति नै डेनमार्कमाथि जित निकाल्दै समान ३ अंक जोडेको फिनल्याण्ड तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै समूहमा रसिया र डेनमार्कले प्रतियोगिताको पहिलो खेलमा पराजय ब्यहोर्दै अंकविहिन छन्।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया