

जब डेनमार्कका एरिक्सन मैदानमा नै बेहाेस भए ..





काठमाण्डाै
युरोकप फुटबल अन्तर्गत फिनल्याण्डसँगको खेलमा डेनमार्कका क्रिश्चियन एरिक्सन मैदानमा नै बेहोस भए । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ । एरिक्सन लडेपछि तुरुन्तै मेडिकलको टोली उपचारमा खटिएको थियो ।

उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो । उनी मैदानमा लडेपछि डेनमार्क खेलाडी चिन्तित थिए । डेनिस फुटबल एसोसिएशनका अनुसार एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ ।

युरोकपअन्तर्गत फिनल्याण्डसँग पहिलो हाफ चलिरहेका बेला एरिक्सन आफैँ लडेका थिए । क्रिस्टियानो रोनाल्डोसहित विश्वभरबाट एरिक्सनको शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको छ ।

एरिक्सन लडेपछि खेल केही समयका लागि रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा फिनल्याण्डले विजयी भएको छ । फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया