

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म



काठमाण्डाै –
नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ ।
यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय भए पनि आज बसेको पदाधिकारीको बैठकले नौ दिन पर सार्दै १६ देखि १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यो निर्णयलाई अब केन्द्रीय समितिको बैठकले पारित गर्नुपर्नेछ । यसअघिका तालिका परिमार्जन गर्दै क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तालिका रहेको छ ।
यस्तै गाउँ र नगर वडा अधिवेशन साउन ६ गते , गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ ।
यस्तै प्रदेश अधिवेशन १ र २ गतेको लागि प्रस्ताव गरिएको छ । कोरोना महामारी र बर्खाको बीचमा पनि महाधिवेशन गर्न समस्या रहेको तर त्यसको बारेमा छलफल गरेर निर्णय लिइने सहमहामन्त्री प्रकासशरण महतले जानकारी दिनुभयो


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया