जेठ ३१ पछि कपिलवस्तुमा लकडाउन या लुजडाउन, के भन्छन् त प्रमुख जिल्ला अधिकारी पाण्डे

राधा पाण्डे/कपिलवस्तु

कपिलवस्तुमा पाँचौं पटक थप गरिएको निशेधाज्ञा सकिन अब २ दिन मात्रै बाँकि छ । लकडाउनमा प्रशासनले जती कडाइ गरेपनी सडक, पसल, बैंक तथा बित्तीय संस्था, होटेल, रेस्टुरेन्टहरुमा मानिसहरुको भिड उत्तिकै देख्न सकिन्छ । नियम बिपरित गर्नेलाइ सजाय नतोकिएको नि होइन ।

त्यसैले लकडाउनको समयावधि सकिनै लागेको बेलामा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले यस जिल्लामा कोरोना संक्रमितको अवस्था हेरेर लकडाउन या लुजडाउन गर्न सकिने बताउनु भयो । अधिकारी समक्ष हामिले अब ३१ गतेपछि निशेधाज्ञा हट्छ त भन्ने प्रश्न गरेका थियौ ।

ई साझाकुरा डट कम सगँ कुरा गदैँ उहाँले आज नै भन्न नसकिने र जेठ ३० गते कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने र यस बारेमा निर्णय गर्ने बताउनुभयो । गृह मन्त्रालय, प्रदेश सरकार र छिमेकी जिल्लाहरुको समन्वयमा लकडाउनबारे निर्णय गर्ने अधिकारी पाण्डेको भनाइ छ । अधिकारी पाण्डेले बैठकका लागि सम्पुर्ण पालिका प्रमुखहरुलाइ बोलाइएको र बृहत् छलफल पछि यसको टुंगो लाग्ने बताउनुभएको छ । जिल्लामा पछिल्लो निषेधाज्ञाको समय जेठ ३१ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमण नेपालमा तीव्र गतिले फैलिरहेकाले त्यसको नियन्त्रण गर्न निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

उहाँले जिल्लाबासिलाइ माथिको नियमको पालना गर्न आग्रह गर्नु भयो । यता बाणगङगा र मायादेबीमा कोरोना खोपमा देखिएको अनियमितताका बारेमा स्वास्थ प्रमुख र खोप समितिको भोलि नै बैठक बस्ने र त्यस सम्बन्धी देखिएका समस्या र प्रचारबाजीका बारेमा सत्य तथ्य पत्ता लगाइ अगाडि बढ्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै