

नेपाल एसियन कप छनोटको प्लेअफमा

काठमाडौँ
डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ । यससँगै नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल रह्यो । अब त्यसका लागि प्लेअफ खेल्नुपर्नेछ ।
छनोटका ८ खेलमध्ये ६ खेल हारेको नेपालले दुई खेल जित्दै ६ अंक बनाएर समूह ‘बी’ को चौथो स्थान हात पार्यो । नेपालले दुवै जित चाइनिज ताइपेईविरुद्ध निकाल्यो । ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानमा रह्यो । समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चार देशले सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्न पाउँछन् । तर, एउटा समूहमा चार टिममात्रै भएकाले चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । त्यसर्थ, चौथो स्थानको वरीयतामा नेपाल अंकविहीन रह्यो ।
त्यसैले अस्ट्रेलियाविरुद्धको हारसँगै नेपालले एसियन कप छनोटमा कायम रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफ आउने सेप्टेम्बरमा हुनेछ र यसबाट आठ टिमले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । सन् २०२३ मा चीनमा हुने एसियन कप २४ टिमले खेल्नेछन् । यो विश्वकप छनोटको तेस्रो चरण पुग्ने १२ टिम (समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिम) ले सिधै एसियन कप खेल्नेछन् । यो छनोटमा दोस्रो हुनेमध्ये पुछारका चार, तेस्रो हुने आठ र चौथो हुनेमध्ये उत्कृष्ट चार टिम महादेशीय प्रतियोगिताको छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । पुछारमा रहने ११ टिमले प्लेअफ खेल्नेछन् । यसमा नेपाल पनि परेको छ । अस्ट्रेलिया लगातार सातौं जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्यो । यससागै उसले एसियन कप २०२३ खेल्ने पनि पक्का गर्यो ।
तीन खेलाडीको डेब्यू
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापालाई अस्ट्रेलियाविरुद्ध अन्त्यतिर उतार्दै अर्न्त्राीष्ट्रय फुटबलमा डेब्यू गराएका छन् । कमलले विशाल राई, आयुषले सुमन लामा र सुरजले एरिक विष्टलाई तीन मिनेटको इन्ज्युरी समयको पहिलो मिनेटमा प्रतिस्थापन गरेका थिए । यी तीनै खेलाडी मिडफिल्डर हुन् । अब यो टिममा डेब्यू गर्न बाँकी गोलकिपरद्वय दीप कार्की र विशाल सुनारमात्रै छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया