

गोली प्रहार गरेको अभियोगमा २ जना पक्राउ


दाङ
तुलसीपुर उपमहानगरपालिका-८ अस्वार गनारमा स्थानीय बिच भएको विवादको क्रममा गोली प्रहार गरेको अभियोगमा सोही उपमहानगरपालिका चन्द्रगञ्ज बस्ने २४ वर्षीय पूर्ण बहादुर वली र सोही उपमहानगरपालिका टिकरी बस्ने २१ वर्षीय आकाश चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गहतेखोलाबाट बुटनिया जाने कुलो र जग्गाको बिषयलाई लिएर स्थानीय बिच विवाद हुँदा पूर्ण बहादुरले जग्गा नाप्ने अमिनलाई लक्षित गरी पेस्तोलबाट फायर गरी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलीले खोजी गर्ने क्रममा रा.२ प ६७९२ नम्बरको मोटरसाइकलमा हुलिया परिवर्तन गरी भाग्दै गरेको अवस्थामा सोही उपमहानगरपालिका-८ टिकरीबाट फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
घटनास्थलबाट म्यागजिन सहितको ६ राउण्ड गोली, एक राउण्ड खोका र कम्पनीको नाम नलेखिएको १ थान पेस्तोल प्रहरीले फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया