

नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाण्डाै
फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।
नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगकाे खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । साथै उहाँले अस्ट्रेलियासँगकाे खेलमा बाँकी युवा खेलाडीले पनि माैका पाउन सक्ने बताउनुभएकाे छ ।
नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
समूह ‘बी’ मा रहेकाे अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ ।
यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया