

आजदेखि यूरो कप-२०२०, टर्की र इटालीबीच पहिलो खेल



रोम
यूरो कप-२०२० फुटबल प्रतियोगिताको १६ औं संस्करण आज शुक्रवारदेखि सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै यूरो कप-२०२० को औपचारिक थालनी हुनेछ ।
टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि प्रारम्भ हुनेछ ।
ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेलमा दुबै टोलि पहिलो जीत निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।यसपटक यूरो कप युरोपका विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ ।
प्रतियोगिता प्रारम्भ भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम तथा सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ ।
जुलाई ११ मा सम्पन्न हुने यूरो कपमा २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।
कुन समूहमा कुन टिम ?
समूह ए
इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समूह बी
डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समूह सी
नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी
इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक
समूह ई
स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समूह एफ
हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया