

भारतले तोक्यो निजी अस्पतालले दिने कोरोना खोपको मूल्य

काठमाडौं
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निजी अस्पतालले दिने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मूल्य तोकेको छ ।
मंगलबार गरिएको घोषणा अनुसार भारतमा अब बायोटेकको कोभ्याक्सिन खोपको मूल्य बढीमा प्रतिडोज १ हजार १४० भारतीय रुपैयाँ लिन पाइनेछ भने सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्डको मूल्य बढीमा प्रतिडोज ७८० भारु तोकिएको छ । त्यस्तै रुसी खोप स्पुतनिक भीको मूल्य भने प्रतिडोज १ हजार १४५ तोकिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले निजी खोप केन्द्रले उचित शुल्कभन्दा धेरै लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । मन्त्रालयले राज्य र स्थानीय अधिकारीहरुलाई पनि निरन्तर अनुगमन गर्न आग्रह गरेको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप वितरणको नीति परिवर्तन गर्दै जुन २१ देखि १८ वर्षमाथिका सबैलाई सरकारले निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
उनले आगामी दिनमा खोपको आपूर्ति पनि बढ्ने भन्दै खोप उत्पादकले उत्पादन गरेको ७५ प्रतिशत खोप सरकारले किन्ने बताएका थिए । बाँकी रहेको २५ प्रतिशत खोप भने निजी कम्पनीले किन्न पाउनेछन् ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया