

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पाण्डेले लिए शपथ


काठमाडौँ
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएका हुन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभामा कांग्रेस दलका नेता राधेश्याम अधिकारी, सचेतक अनिता देवकोटा, माओवादी राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्मा, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीलगायतको उपस्थिति थियो ।
चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित भएका हुन् । कांग्रेससहितको विपक्षी गठबन्धनका साझा उम्मेदवार रहेका उनले एमालेका खड्कालाई ५ सय २८ मतभारले हराएका थिए । पाण्डेले ४ हजार १ सय ४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३ हजार ६ सय १२ मतभार पाएका थिए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया