

ढुंगागिट्टी निकासीबारे को टिपोट मिर्गौला बेचेर लुतोको उपचार गर्ने ? : कांग्रेस सचेतक


विराटनगर
संघीय सरकारले अघि सारेको ढुङ्गगिट्टी निकासी गर्ने नीति मिर्गौला बेचेर लुतोको उपचार गरे जस्तै भएको नेपाली कांग्रेस प्रदेश-१का प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।
प्रदेशसभाको बजेट अधिवेशनको तेस्रो बैठकमा विषेश समय लिएर बोल्दै उनले ढुङ्गागिट्टी निकासी गर्ने नीति मिर्गौला बेचेर लुतोको उपचार गरेजस्तै रहेको बताएका हुन् ।
‘प्रधानमन्त्रीलाई अलिक बढी थाहा हुनुपर्छ यो चाहीँ मिर्गौला बेचेर तुलोको उपचार गरेजस्तो हो,’ उनले भने,‘ लुतोको उपचार गर्न मिर्गौला बेच्दा के हुन्छ प्रधानमन्त्रीलाई सोध्नु पर्नेछ ।’
‘नेकपाका साथीहरुले प्रधानमन्त्रीलाई भेटिरहनुहुन्छ,’ उनले अघि भने ,‘भेट्दा एक पटक सोध्नुहोला, तपाईको मिर्गौला बेचेर लुतोकोउपचार गर्दा के हुन्छ प्रधानमन्त्रीज्यू भनेर ।’ सरकार गैरजिम्मेवार ढंगबाट अघि बढेको बताए । सरकार राष्ट्रबादी नभइ राष्ट्रघाती देखिएको उनले बताए ।
प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद् हिमाल कार्कीले सत्ता जोगाउनका लागि संघीय सरकारले चुरे दोहन गर्नका लागि ढुङ्गा गिट्टी विदेश निर्यातको नीति लिएको बताए ।
सांसद् राधा थापाले चुरेको दोहन गर्दा पानीको मुहान सुक्ने भएकाले तराई क्षेत्र मरोभूमि हुने बताउँदै ढुङ्गा गिट्टी निकासीको निति तत्काल सच्याउन माग गरिन् ।
मुख्यमन्त्रीले राजीनामा दिए हुन्छ
नेपाली काङ्ग्रेस प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन् ।
‘जनताप्रति जिम्मेवार हुन सक्नु हुन्न भने, जनताको पेटमा चारो हाल्न सक्नु हुन्न भने मुख्यमन्त्रीज्यूले आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस्, अलिकदिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने,‘ आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस्,नभए दल सक्नु भो, एमाले सक्नु भो, प्रदेशसभालाई बनदान बनाउनु भयो ,जनतालाई बेकुप बनाउने काम नगर्नुहोस् ।’


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया