

२०७५ जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गराैँ : वामदेव गौतम



काठमाण्डौ
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गर्न प्रस्ताव गर्नुभएको छ ।
जतिसक्दो छिटो २०७५ को जेठ ३ पूर्व कायम रहेको अथवा माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा पहिले कायम रहेको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याबारे छलफल गरेर सही मार्ग दर्शन गर्नुपर्ने उहाँको भनाइ छ । नेकपा एमाले एकता अभियान समितिको बैठकपछि गौतमले विज्ञप्ति निकालेर जेठ ३ पूर्वको संरचनामा रहेको एमालेका दुई वरिष्ठ नेता, ४ उपाध्यक्ष, एक महासचिव, २ उप-महासचिव र ५ सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर मध्यमार्गी बाटो खोज्नुपर्ने प्रस्ताव अघि सार्नुभएको हो ।
यस्तै नेता गौतमले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि इमानदार प्रयत्न नगरेको समेत बताउनुभएको छ । अध्यक्ष ओलीले एकता आह्वान गर्दै निकालेको विज्ञप्तिमा आफ्नै प्रशंसा गर्दै कुटिल चातुर्य र जालझेलको भाषा शैली प्रयोग गरेको गौतमको आरोप छ । ओलीको पार्टीलाई २०७५ को जेठ ३ पूर्वको संरचनामा पुर्याउने कुरा सकारात्मक भएको भए पनि जनवर्गीय संगठनको संरचना मूलभूत रुपमा भन्ने शब्दको अर्थ पहिलेको अवस्थामा जस्ताको त्यस्तै राख्न अस्वीकार पनि गर्न सकिन्छ भनेर बुझ्न सकिने उहाँको भनाइ छ ।
यस्तै गौतमले खनाल–नेपाल समूहका नेताहरुले संविधानको धारा ७६ को ५ अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र सर्वोच्च अदालत पुगेर हस्ताक्षर पेश गर्नु पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीकै अनेकौं विवादित क्रियाकलापको परिणाम रहेको आरोप लगाउनुभएको छ ।
यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना अथवा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा चुनावमा जान परेमा दुवै अवस्थाका चुनौतीलाई सामना गर्न एकतावद्ध एमाले तयार छ भन्ने सन्देश दिने छलाङ लगाएर अघि बढ्नुपर्ने नेता गौतमको भनाइ छ ।



खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया