

प्रभावकारी बन्यो विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’, ८ सय बढी व्यक्ति पक्राउ

काठमाण्डाै
अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गरेको जनाएको छ ।
म्यासेजहरु गोप्य हुने एएनओएम नामक एपमार्फत विश्वरभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा धेरैलाई पक्राउ गरेको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीले बनाएको योे एपका म्यासेजहरु गोप्य हुने विशेषताका कारण अपराधमा संलग्नहरुले यो एप चलाउने क्रम बढेको छ ।
अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले उनीहरूका योजनाबारे थाहा पाउन थालेका थिए । म्यासेजको आधारमा अहिलेसम्म अष्ट्रेलियामा २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डस्मा ४९ जनालाई पक्राउ गरिएको छ । यो अपरेशन विश्वभरिका संगठित अपराधविरूद्ध ठूलो प्रहार भएको खबरमा उल्लेख छ ।
यस्तै, उनीहरुको साथबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया