

अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध


काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न अनुरोध गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट वा ट्याङ्कहरू मर्मत जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।
त्यसैगरी, खाली सिलिन्डर जतिसक्दो चाँडो सम्बन्धित उद्योगलाई उपलब्ध गराउन विज्ञप्तिमा आग्रह गरिएको छ । उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिन्डर विभिन्न कारणले मुलुकको विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन्, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ती सिलिन्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति, संस्था वा निकायले जुनसुकै बहानामा लैजानु भएका अक्सिजन सिलिन्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया