

जर्मनीले पठायो सरकारलाई ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री


काठमाण्डौँ
जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो।
केही सामग्रीहरू अझै आउने क्रममा: रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री तामाङले राजदूत शेफरलाई नेपालको तर्फबाट धन्यवाद दिएका छन्।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया