खतिवडाको बेञ्चमा मन्त्रिपरिषद विस्तारविरुद्धको रिट

काठमाडौं

सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरुको सुनुवाइ हुँदैछ । रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र विरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने जिकीर रिट निवेदकहरुले गरेका छन् ।

प्रतिक्रिया

खबर सबै