

नेपाल ३–० ले पराजित, विश्वकप छनोटबाट बाहिरियो





काठमाण्डाै – विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो।

जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले गोलको सुरुवात गरेको थियो ।

त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे । यसअघि गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो ।

हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ । एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ ।

एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेले जित्नैपर्ने हुन्छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया