

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, मुटुमा थपियो स्टिल


काठमाडौं
केही दिनअगाडि मात्रै कोरोनालाई जितेका हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि श्रेष्ठलाई शुक्रबार राति गंगलाल अस्पतालमा पुर्याइएको छोरा यमन श्रेष्ठले जानकारी दिए ।
यमनका अनुसार उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ । झन्डै डेढ वर्ष अगाडि पनि मुटुमा समस्या देखिएपछि उनको मुटुमा स्टिल राखिएको थियो । अहिले उनको मुटुमा दुई वटा स्टिल थपिएको यमनले जानकारी दिए ।
उक्त उपचारपछि मदनकृष्णलाई आईसीयूमा राखिएको थियो। उनलाई सोमबार डिलक्स रूममा सारिएको छ ।
अहिले बुबाको स्वास्थमा स्थिति सुधार भइरहेको यमनले बताए । मंगलबार अस्पतालबाट डिस्चार्ज हुनेछन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया