२४ घण्टामा ६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए

काठमाडौं

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ।  बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन्  भने एन्टिजेनतर्फ  १४ हजार ६६१ जना पुगेका छन् ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

खबर सबै