

कपिलवस्तुको बाणगंगामा मंगलबार कोरोना बिरुद्धको खोप लगाइँदै


कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा जेष्ठ २५ मंगलबार र जेष्ठ २६ गते बुधबार कोरोना खोप लगाइने भएको छ । नगरले आज एक सुचना निकाल्दै नगरभित्रका खास गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।
मोतिपुर स्वास्थ्य चौकी र पिपरा अस्पतालमा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । नगरको वडा नम्बर ५,६,७,८ र ९ का मानिसहरुले मोतिपुर स्वास्थ्य चौकीबाट र वडा नम्बर १,२,३,४, १० र ११ का मानिसहरुले पिपरा अस्पतालबाट खोप लगाउन पाउने नगरका स्वास्थ्य प्रमुख ठगराज पौडेलले बताउनु भएको छ ।
खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने कागजात ल्याउन नगरले आग्रह गरेको छ ।
नगरमा भोलिदेखि लगाइने खोप चीन सरकारबाट अनुदानमा आएको हो।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया