

कोभिड राजनीतिमा पनि देखियो : मुख्यमन्त्री राई


काठमाडौं
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् ।
प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको टिप्पणी गरे ।
उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताए । ‘नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं,’ उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन ।’
उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।
संघीयता शिशु अवस्थामा छ रहेको र यसलाई हुर्काउने, बढाउने तथा दरिलो गतिमा उभ्याएर रेलको गतिमा दौडाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले जिकिर गरे ।
उनले आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पारे ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया