

मेरा कारण एकताकाे प्रयास सफल नभएकाे भन्ने ओलीकाे भनाइ षड्यन्त्रपूर्ण छ : प्रचण्ड


काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारण एकताकाे प्रयास सफल नभएकाे भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे भनाइमा सत्यता नरहेकाे बताउनुभएकाे छ ।
प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
आइतवार साँझ ६ बुँदे विज्ञप्ति निकालेर ओलीले नेकपा एमाले एकताका लागि आह्वान गर्नुभएकाे थियाे । उहाँले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको थियाे ।
विज्ञप्तिमा ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै देशकाे राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरिएकाे बताउनुभएकाे थियाे । तर पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण आफ्नाे प्रयास सफल हुन नसकेकाे उहाँले बताउनुभएकाे थियाे ।
‘एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रूपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्याइरहन आवश्यक देख्दिनँ । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन’ ओलीले विज्ञप्तिमार्फत भन्नुभएकाे थियाे ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया