

प्रधानमन्त्रीका कानुनविज्ञलाई न्यायाधीशले रोके– हामीलाई कम्फर्टेबल फिल भएको छैन


काठमाडौं
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा गठन भएको संवैधानिक इजलासको विषयमा गलफती अझै जारी रहेको छ । सर्वोच्च अदालतमा खाजा ब्रेक अघि सरकारी पक्षका वकिलहरुले इजलासमा तोकिएको न्यायाधीशबारे प्रश्न उठाएकामा खाजा ब्रेकपछि पनि सोही विवादले निरन्तरता पाएको छ ।
खाजापछिको इजलास सुरु हुनुबित्तिकै प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहाल बहस गर्न लयर्स पोडियममा उभिएपछि न्यायाधीश ईश्वर खतिवडाले रोक्न पुगे । उनले यो विषयमा धेरै बहस जरुरी नरहेको भन्दै अनावश्यक रुपमा बहस भएको भन्दै आफूहरुलाई कम्फर्टेबल फिल नभएको बताए ।
उनले भने, ‘हामीलाई कम्फर्टेबल फिल भएको छैन । यसमा धेरै बहस जरुरी छैन । इजलास गठनबारे बहस हुने कुरा नै होइन । अब निवेदकतर्फका कानुन व्यवसायीका कुरा सुनौँ ।’ त्यसपछि अहिले रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया