

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता आफूहरुले पाउने महतोको दावी


काठमाडौं
औपचारिक रुपमा फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता आफूले पाउने राजेन्द्र महतो– महन्थ ठाकुर पक्षले दावी गरेको छ ।
शनिवार जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दावी गरे । उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे ।
महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र कति दिन जिल्लामा गएर संगठन बनाउने भन्नेबारे तालिका बनाएर काम गर्न आग्रह गरे । उनले अहिले जनता समाजवादी पार्टीले जनताको माग पूरा गराउन भूमिका खेलेकाले जनताले सरकारमा जानु ठीक भनिरहेको पनि दावी गरे ।
पार्टी विभाजित मनस्थितिमा रहेका बेला माग मुद्धा सम्बोधन गरेकोले जनता आफ्नो पक्षमा रहेको उनको दावी छ । निर्वाचन आयोगमा आफ्नो मान्यताको स्थापित गरेर अघि बढ्ने महतोको भनाई थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया