

२४ घन्टाभित्र उप-प्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग


काठमाडौं
उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ।
साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।
साथै, असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सपथमा के भनेका थिए महतोले ?
हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।
यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।
बहुराष्ट्रिय राज्यको अर्थ ?
बहुराष्ट्र भन्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना हुन्छ। शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द महतोले उच्चारण गरेका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया