

कोरोना संक्रमित बालबालिकालाई २० प्रतिशत बेड छुट्याउ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई कम्तीमा २० प्रतिशत बेड संक्रमित बालबालिकाका लागि छुट्याउन अनुरोध गरेको छ ।
कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा।मदनकुमार उपाध्यायले सबै अस्पताल र स्वास्थ्य संस्थालाई शुक्रबार पत्र पठाउँदै अनुरोध गरेका हुन् ।
‘प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवा संक्रमित भएकाले व्यवस्थापनसम्बन्धी तयारी पनि यही समूहलक्षित मात्र हुन पुगेको छ,’ उपाध्यायले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न हुन अनुरोध छ ।’
ती बेडमा अक्सिजनको व्यवस्थासमेत गर्न पनि भनिएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया