

गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण बेलायतले कोभिड सहायतामा नेपाललाई प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री


काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गर्नु भएको छ ।
नेपाललाई खोप अत्यावश्यक भएको भन्दै प्रधानमन्त्री ओलीले बेलायतका समकक्षी बोरिस जोनसनलाई खोप सहयोग गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले बीबीसीका दक्षिण एसिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा सहयोग गर्नु बेलायतको दायित्व हुने बताउनु भएको छ ।
उहाँले बेलायतका लागि नेपाली गोर्खा सैनिकले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल प्राथमिकतामा पर्ने बताउनुभयो । ओलीले भन्नुभयो, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’
बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने र स्वास्थ्य सामग्री तथा स्वास्थ्य विज्ञ पठाउन नेपाललाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया