

ठाकुर पक्ष सरकारमा जाँदै, मन्त्री बन्ने नेतालाई तयारीमा बस्न निर्देशन


काठमाण्डाै
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज सरकारमा जाने तयारी गरेको छ । हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अध्यक्ष ठाकुरले सरकारमा जाने विषय लगभग टुङ्ग्याएको एक नेताले जानकारी दिएका छन् ।
राष्ट्रपति कार्यालयबाट जुनसुकै बेला फोन आउन सक्ने भएकाले तयार भएर बस्न भनिएको उनले बताएका छन् । मिल्न बाँकी विषयमा अध्यक्ष ठाकुरले आज पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा जसपाले गृहसहितका आठ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले गृह दिन नसकिने बताउनुभएको थियो ।
राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानका लागि जसपाले नेताहरूको सूची पनि तयार गरिरहेको एक नेताले बताएका छन् । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, एकवाल मियाको नाम लगभग टुङ्गिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले सहमति भएमा जसपा सरकारमा सहभागी हुने कुरा स्वाभाविक रहेका बताउनुभएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया