कोरोनाबाट पहिलोपटक हुम्लामा एकजनाको मृत्यु

सुर्खेत

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ।

जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको बाटोमै मृत्यु भएको हो। उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो।

हुम्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए। सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो।

स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि दुई जना छोराहरूले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्लीकुनामा मृत्यु भएको हो।

 

प्रतिक्रिया

खबर सबै