

जनमोर्चाका सांसद थापा पदमुक्त, जसले गरेका थिए एमालेलाई समर्थन


काठमाडौं
राष्ट्रिय जनमोर्चा (राजमो)गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ । बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसकेका छन्।
राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका थिए ।
राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको थियो ।
दलको निर्देशन उल्लंघन गरी थापा विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका थिए । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।
अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया