

डब्ल्यूएचओले भन्यो प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक

काठमाण्डाै
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो ।
युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्रस्त क्षेत्र गाजा संयुक्त राष्ट्रसङ्घ र रेड क्रस सोसाइटीका पदाधिकारीले निरीक्षण गरेका छन् ।
११ दिनसम्मको युद्धका कारण गाजा क्षेत्रका धेरै घर र विद्यालयसँगै अस्पतालहरू भत्किएका छन् । युद्धमा ६६ बालबालिकासहित २५४ जना प्यालेस्टाइनीको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीले बताएका छन् । इजरायलतर्फ भने दुई बालबालिकासहित १२ जनाको ज्यान गएको थियाे।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया