

घट्दै सक्रिय संक्रमित : ५३१६ संक्रमित थपिँदा ७२१९ जना निको भए





काठमाडौं
पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जम्मा १६ हजार ८७८ जनाको परीक्षण गरिएको थियो जसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ । सक्रिय संक्रमित मध्ये ९५ हजार १३१ होम आइसोलेसनमा, ६ हजार ८६२ संस्थागत आइसोलेसनमा, १ हजार ४४६ जना आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन् । नयाँ संक्रमितभन्दा निको हुने बढ्न थालेपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ । संक्रमित मध्ये ४ लाख ६१ हजार ५६३ जना निको भएका छन् ।
यही अवधिमा थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट ७ हजार ५५५ जनाको मृत्यु भइसकेको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया