

प्रहरीबाट कुटिए कोशी अस्पतालका स्वास्थ्यकर्मी


विराटनगर
विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ ।‘अस्पतालको ड्युटी सकेर घर जाँदै थिए, राति कहाँ हिँडेको भनेर प्रहरीले रोके त्यसपछि केही भन्न नपाई म माथि कुटपिट गर्ने काम भयो’ पीडित राजवंशीले भने । आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ ।
देवकोटा चोकमा रहेको प्रहरीको टोली कमान्डरले नकुट भन्दा पनि प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । प्रहरीको कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘चेकजाँचको क्रममा मोटरसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ ।’
दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित
प्रहरीले सहकर्मीलाई कुटपिट गरी घाइते बनाएपछि कुटपिटमा संलग्नलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड १९ का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।
कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा प्रदर्शन भएको हो । नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । ‘फ्रन्टलाइनमा रहेर अहिले चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन् । कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान नलिइकन स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु प्रहरीबाट गलत काम भएको छ’ अध्यक्ष सिलवालले भने ।
संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोशी अस्पतालमा बैठक बसेको थियो । बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिए।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया