

डब्ल्यूएचओले भन्यो भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ मुलुक नयाँ भेरियन्टको जोखिममा


काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ ।
भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ ।
‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका कम्पनीले गर्न सकेको छैन, जसको कारण ९१ मुलुकले खोप आपूर्तिको कमीबाट प्रभावित भएका छन्’, डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन् । उनका अनुसार खोप अभावको सामना गर्ने मुलुक कोरोनाको नयाँ भेरियन्टको जोखिममा रहेका छन् ।
‘बी.१.६१७ मात्र होइन अन्य भेरियन्ट पनि अन्य मुलुकमा देखिन सक्छन् र विश्वभर फैलिन सक्छन् । यी भेरियन्ट निकै तीव्र गतिमा फैलिन सक्छ भन्ने हामीलाई थाहा छ । ती भेरियन्टहरुलाई पहिचान गर्नुभन्दा पहिला नै यो विश्वभर फैलिसकेको हुन्छ । त्यही कुरा ११७ भेरियन्टमा पनि लागू भएको छ र अहिले सबैभन्दा फैलिरहेको छ’, उनले थपिन् ।
गत वर्ष सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग सम्झौता गर्दा कम तथा मध्यम आय भएका मुलुकमा एक अर्ब डोज खोप आपूर्ति गर्ने बताएको थियो । सन् २०२० भित्रै ४० करोड डोज खोप आपूर्ति गर्ने कम्पनीले बताएको थियो । यो खोप कोभ्याक्स कार्यक्रमको लागि सम्झौता गरिएको थियो।
‘अधिकांश अफ्रिकी मुलुकमा दुर्भाग्यवश जनसंख्याको ०.५ प्रतिशतभन्दा कमले मात्र खोप पाएका छन् र तीन मुलुकमा सबै स्वास्थ्यकर्मीले पनि खोप पाएका छैनन्’, स्वामीनाथनले भनिन् ।
भारतले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कोरोना खोपको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । डब्ल्यूएचओले यस वर्षको अन्तिमतिर मात्र भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने अपेक्षा गरेको छ । भारतले लगाएको प्रतिबन्धको कारण धेरै मुलुकमा खोपको अभाव देखिएको भन्दै डब्ल्यूएचओले विश्वका अन्य मुलुकसँग आफूलाई बढी भएको खोप अन्य मुलुकलाई दिन आग्रह गरेको छ ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया