

देशभर ६ हजार ८५ जना नयाँ कोरोना संक्रमित थपिए, ६८ को मृत्यु





काठमाडौं
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार १६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१७ हजार १४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५ हजार २८५ र ३ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ८५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित निको भए, ६८ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ८९८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १६५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३० लाख ७४ हजार ५७१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया