WHOले कोरोना भाइरसका भेरियन्टको नाम राख्यो, कुन देशमा भेटिएका भेरियन्टको नाम के?

बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ। ब्राजिलमा भेटिएको पी.१ भेरियन्टको नाम गामा हो।

भेरियन्टको नामलाई देशसँग जोडेर आउन थालेपछि विभिन्न देशले त्यसको विरोध गरेका थिए। संगठनले देशहरुको नाम नजोडियोस् भनेर भेरियन्टको नामाकरण गरेको हो। संगठनकी कोभिड–१९ प्राविधिक समितिकी मारिया भान कर्खोभले कोरोना भाइरसको भेरियन्ट पहिलोपटक पत्ता लागेको वा त्यसबारे जानकारी गराएकै आधारमा कुनै पनि देशलाई कलंकित गर्न नहुने बताइन्।

नेपालमा बेलायतमा भेटिएको अल्फा, भारतमा भेटिएको डेल्टा र काप्पा भेरियन्ट फैलिएको छ।

प्रतिक्रिया

खबर सबै