

आठ लाख डोज बेइजिङबाट एक लाख डोज कुन्मिङबाट खोप आउँदै


काठमाण्डाै
चीनबाट आज ९ लाख डोज खोप काठमाण्डौ ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो । खोप आएपछि कसलाई कहिलेदेखि वितरण गर्ने भन्नेबारे निर्णय हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाण्डौ ल्याउन लागिएको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।
चीनबाट अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ । यसअघि कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन नसकिने सरकारले बताइसकेको छ ।
पहिलो डोज कोभिसिल्डको लगाएकाले दोस्रो डोज पनि कोभिसिल्डकै खोप चाहिने र भारतबाट कोभिसिल्डको खोप ल्याउन नसकिएपछि समस्या भएको हो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया