

प्रदेश-१, २ र सुदूरपश्चिममा बिहानैदेखि वर्षा


काठमाण्डाै
प्रदेश-१ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश-१ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उहाँले बताउनु भयाे । अहिले कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उहाँले बताउनुभयो । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।
काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । प्रि-मनसुनका कारण काठमाण्डौ उपत्यकालगायत पहाडी क्षेत्रका दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।
भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले प्रि-मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन ।
यसैबीच, मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ । यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया