

नेपाल एअरलाइन्सकाे १० लाख डोज खोप लिन जहाज आज बेइजिङ जाँदै


काठमाण्डाै
चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।
जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सि ले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपको लागि पनि सहजीकरण गर्ने बताउनुभएको थियो ।
नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदको लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया